Join our Channel

पालिकाले वर्गीकरण नगरेपछि घट्यो घरजग्गा कारोबार, राजस्वमा पनि गिरावट

पालिकाले वर्गीकरण नगरेपछि घट्यो घरजग्गा कारोबार, राजस्वमा पनि गिरावट

साउन सुरु भएयता देशभरका पाँच सय पालिकामा कित्ताकाट (जग्गा वर्गीकरण) रोकिँदा घरजग्गा कारोबार ठप्प जस्तै भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्यांकअनुसार, आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो वर्षको साउनमा यो रकम ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ थियो।

घरजग्गा व्यवसायीहरूका अनुसार, आर्थिक वर्ष सुरु भएसँगै कारोबार बढ्ने अपेक्षा थियो तर कित्ताकाट रोकिँदा र पालिकाले वर्गीकरण नगर्दा कारोबार घटेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश भट्टका अनुसार, २ सय ५३ पालिकाले मात्र वर्गीकरण पूरा गरेका छन् भने ५ सय पालिका अझै प्रक्रियामा छन्। यसै कारण घरजग्गा कारोबार र राजस्व दुवै घटेका हुन्।

व्यवसायीहरूले सरकारको ढिलासुस्ती र नियमावली संशोधनको अनिश्चिततालाई मुख्य कारण बताइरहेका छन्। यसअघि दुई पटक भूउपयोग नियमावली संशोधन गरिए पनि अझै स्थायी समाधान हुन सकेको छैन।

गत असार महिनामा १ लाख ५४ हजारभन्दा बढी कारोबार६ अर्ब ५५ करोड राजस्व संकलन भएकोमा यो साउनमा ती सबै सूचकांक घटेका छन्।

Leave a comment