Join our Channel

आन्दोलनको मौका छोपी महोत्तरीमा सामुदायिक वनका १८३ सालका रुख काटिए

आन्दोलनको मौका छोपी महोत्तरीमा सामुदायिक वनका १८३ सालका रुख काटिए

आन्दोलनको मौका छोपी महोत्तरीको एक सामुदायिक वनमा ठूलो संख्यामा रुख कटान भएको छ। वर्दिवास नगरपालिका–५ स्थित टुटेश्वनाथ साझेदारी वन उपभोक्ता समितिको मातहतमा रहेका १८३ वटा सालका रुख काटिएको पुष्टि भएको हो।

उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार आन्दोलनको दिन दिउँसो एक समूहले कार्यालयमा आगजनी प्रयास गरेको र सोही क्रममा १८ वटा रुख काटिएको थियो। भोलिपल्ट थप १६५ वटा रुख काटेर नष्ट गरिएको छ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कृष्ण घलानसहित दुई युवालाई नियन्त्रणमा लिए पनि स्थानीय गाउँलेको दबाबपछि उनीहरूलाई छाडिएको अध्यक्ष झाले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले वन ऐनअनुसार दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सूक्ष्म अनुसन्धान गर्न वन कार्यालयलाई निर्देशन दिइसकेको जानकारी पनि दिए।

यस घटनाले सामुदायिक वनको संरक्षणमा चुनौती देखाएको छ भने स्थानीय स्तरमा वातावरणीय प्रभावबारे चिन्ता बढाएको छ।

Leave a comment