Join our Channel

विमानस्थलमा सुन तस्करीको प्रयास : एक किलोभन्दा बढी अर्धठोस पदार्थसहित भारतीय महिला पक्राउ

विमानस्थलमा सुन तस्करीको प्रयास : एक किलोभन्दा बढी अर्धठोस पदार्थसहित भारतीय महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी तौलको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक भारतीय महिला पक्राउ परेकी छिन्।

मंगलबार राति ५३ वर्षीया मीना सुर्जित सिंह खेमानीलाई विमानस्थलमा शंका लागेपछि प्रहरीले पक्राउ गरेको हो।

उनी एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आइपुगेकी थिइन्। विमानस्थलको आगमन भन्सार एरियाको टनेल भागबाट जाँच गर्ने क्रममा करिब १ किलो १५९ ग्राम सुनजस्तो देखिने अर्धठोस वस्तु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

हाल उक्त वस्तु परीक्षणको लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको छ। प्रारम्भिक अनुसन्धानमा यो सुन तस्करी प्रयास भएको आशंका गरिएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a comment