Join our Channel

नयाँ अन्तरिम सरकारसँग ऊर्जा क्षेत्र सहकार्य गर्न तयारः इप्पान

नयाँ अन्तरिम सरकारसँग ऊर्जा क्षेत्र सहकार्य गर्न तयारः इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नयाँ अन्तरिम सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने तयारी जनाएको छ।

जेन–जी युवाहरूको आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई बधाई दिंदै इप्पानले ऊर्जा क्षेत्रलाई समृद्धिको आधार मान्दै निजी लगानीलाई प्रोत्साहन गर्न सरकारसँग सहयात्रा गर्ने प्रतिबद्धता जनाएको हो।

पहिलो महिला प्रधानमन्त्रीप्रति खुशी

नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएकी कार्कीलाई स्वागत गर्दै इप्पानले ऊर्जा क्षेत्रमा लगानी गरिरहेका उद्यमीहरूको लागि उनको कार्यकाल स्वर्णिम हुने अपेक्षा व्यक्त गरेको छ।

लगानीमैत्री वातावरणको अपेक्षा

इप्पानका अध्यक्ष गणेश कार्कीले नयाँ सरकारलाई निजी क्षेत्रलाई उत्साहित बनाउने लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारीमा जोड दिन आग्रह गरे।
उनले भने, “अहिलेको अवस्थामा देशको पुनर्निर्माणसँगै आर्थिक समृद्धिको यात्रामा बढीभन्दा बढी लगानीमार्फत नेपाल सरकारसँगै सहकार्य र सहयात्रा गर्न तयार छौं।”

ऊर्जा सुरक्षामा निजी क्षेत्रको योगदान

अध्यक्ष कार्कीले ऊर्जा विकास र विस्तारमा निजी क्षेत्रले हाल भोगिरहेका समस्या समाधान गर्न सरकारले पहल गर्ने अपेक्षा राखे। उनले ऊर्जा सुरक्षामा निजी क्षेत्रले निरन्तर योगदान दिइरहेको र आगामी दिनमा अझ ठूलो योगदान दिन तयार रहेको स्पष्ट पारे।

Leave a comment