Join our Channel

गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो, प्रहरी नियन्त्रणमा

गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो, प्रहरी नियन्त्रणमा

प्युठानको झिमरुक गाउँपालिकामा कार्यरत एक कर्मचारीले नै गाउँपालिका कार्यालयमा आगजनी गरेका छन्।

रोजगार संयोजक सुदर्शक जिसीले शुक्रबार राति गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कार्यकक्षमा आगो लगाएका हुन्। साथै, उपाध्यक्ष प्रमोद पोखरेलको कार्यकक्षमा तोडफोड गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नियन्त्रणमा कर्मचारी

जिसीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले जानकारी दिए।
उनले भने, “गाउँपालिकाले निर्णय गरेर किटानी जाहेरी दिने भनेका छन्, त्यसपछि कानुन अनुसार कारबाही हुनेछ।”

कर्मचारीबीच त्रास

कार्यालयकै कर्मचारीबाट आगजनी भएपछि गाउँपालिकाका अन्य कर्मचारीहरू त्रसित बनेका छन्। प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्यालका अनुसार आइतबार बिहान साढे ७ बजे गाउँकार्यपालिकाको बैठक बस्दैछ, जसले आगजनी गर्ने कर्मचारीमाथि कारबाहीबारे निर्णय गर्नेछ।

Leave a comment