Join our Channel

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी: ‘हामीसँग सबै विकल्प छन्’

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी: ‘हामीसँग सबै विकल्प छन्’
Getty Images

अमेरिकाको हवाइ आक्रमणपछि इरानका विदेशमन्त्री अब्बास अराक्चीले देशको सार्वभौमिकता, राष्ट्रिय हित र जनताको सुरक्षाका लागि आवश्यक सबै विकल्पहरू आफूहरूसँग उपलब्ध रहेको बताएका छन्।

आइतबार बिहान अमेरिकाले इरानका तीनवटा शान्तिपूर्ण परमाणु केन्द्रहरू — फोर्दो, नतांज र इस्फहानमा हवाई आक्रमण गरेपछि विदेशमन्त्री अराक्चीले तीव्र प्रतिक्रिया जनाएका हुन्। यस आक्रमणमा इजरायलले पनि सहयोग गरेको पुष्टि गरिसकेको छ।

अराक्चीले अमेरिकी कारबाहीलाई संयुक्त राष्ट्रसंघ (यूएन) को चार्टर, अन्तर्राष्ट्रिय कानुन, र परमाणु अप्रसार सन्धि (एनपीटी)को गम्भीर उल्लंघन भएको दाबी गरे। उनले भने, “अमेरिकाले सुरक्षा परिषदको स्थायी सदस्य भएर पनि यस्ता शान्तिपूर्ण केन्द्रमाथि आक्रमण गरी अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको छ।”

विदेशमन्त्रीले आज बिहान भएका घटनालाई ‘क्रूर र दीर्घकालीन असर पार्ने’ बताएका छन्। उनले सम्पूर्ण राष्ट्रसंघीय सदस्य राष्ट्रहरूले यस्तो खतरनाक र अराजक व्यवहारको विरोध गर्नुपर्नेमा जोड दिए।

उनले थपे, “संयुक्त राष्ट्रसंघको चार्टरले कुनै देशलाई आत्मरक्षाको अधिकार दिन्छ। त्यसअनुसार इरानसँग आफ्ना हितको रक्षा गर्न सबै सम्भावित विकल्पहरू उपलब्ध छन्।”

इरानले आगामी कदमहरूबारे अझै स्पष्ट पाटो खोलेको छैन, तर उसको यो चेतावनी अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो सन्देशको रूपमा हेरिएको छ।

Leave a comment