Join our Channel

इरान अब पनि शान्तिको बाटोमा नआए ठूलो कारबाही हुन्छ : ट्रम्पको चेतावनी

Getty Images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रममाथि हालै गरिएको हवाई आक्रमणलाई सफल भएको बताएका छन्। उनले इरान इजरायल मात्र नभई अमेरिकाका लागि पनि खतरनाक भएको स्पष्ट पारेका छन्।

ट्रम्पले एक टेलिभिजन सम्बोधनमार्फत भने, “मैले धेरै पहिल्यै निर्णय गरिसकेको थिएँ — इरानलाई परमाणु हतियार बनाउन दिने छैन। इजरायल मात्र होइन, इरान स्वयं अमेरिकाको लागि पनि गम्भीर खतरा हो।”

उनको सम्बोधनमा उनले उल्लेख गरेका छन् कि इरानका तीनवटा प्रमुख परमाणु स्थानमा गरिएको आक्रमण पूर्ण सफल भएको छ। ट्रम्पले चेतावनी दिएका छन् कि यदि इरानले अझै पनि शान्तिको बाटो अँगालेन भने भविष्यमा अझ कडा कारबाही हुनेछ।

उनको सम्बोधनका बेला उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षा मन्त्री पीट हेगसेथ समेत उपस्थित थिए।

इरान पछिल्ला ४० वर्षदेखि अमेरिका र इजरायलमाथि विभिन्न किसिमका धम्की दिँदै आएको छ। यसै पृष्ठभूमिमा ट्रम्पको भनाइलाई मध्यपूर्वको सुरक्षा सन्तुलनसँग जोडेर हेरिएको छ।

Leave a comment