
इरानी सरकारी टेलिभिजन प्रेस टिभी ले इजरायलमाथि दर्जनौँ क्षेप्यास्त्र प्रहार भएको केहीबेरमै युद्धविराम लागू भएको सनसनीपूर्ण दाबी गरेको छ। यो समाचारले इरान–इजरायलबीचको तनाव झनै चुलिएको छ।
प्रेस टिभीको रिपोर्ट अनुसार, इजरायलमा प्रहार गरिएका अधिकांश क्षेप्यास्त्रहरू देशको आधुनिक रक्षा प्रणालीले रोक्न सफल भए पनि एकवटा क्षेप्यास्त्र बेरशेबा शहरको एउटा अपार्टमेन्ट भवनमा खसेको थियो। यस घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
हालसम्म इजरायली प्रधानमन्त्रीको कार्यालयबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर क्षेत्रीय सुरक्षा जोखिम अझै पनि उच्च रहेको र सुरक्षाकर्मीहरू पूर्ण सतर्क अवस्थामा रहेको जानकारी प्राप्त भएको छ।