Join our Channel

इरानमा फसेका नेपाली र श्रीलंकालीलाई भारतले उद्धार गर्ने घोषणा, आपतकालीन सम्पर्क नम्बर पनि जारी

इरानमा फसेका नेपाली र श्रीलंकालीलाई भारतले उद्धार गर्ने घोषणा, आपतकालीन सम्पर्क नम्बर पनि जारी

इरानमा रहेका नेपाली र श्रीलंकाका नागरिकलाई भारतले उद्धार गर्ने तयारी गरेको छ। इरानस्थित भारतीय दूतावासले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत यस्तो जानकारी सार्वजनिक गर्दै सम्बन्धित नागरिकहरूलाई तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

भारतीय दूतावासका अनुसार, नेपाल र श्रीलंका सरकारको अनुरोधमा अब भारतीय दूतावासले इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकलाई उद्धार गर्न मद्दत गर्नेछ।

यसै सन्दर्भमा, दूतावासले फसेका नागरिकहरूलाई सहयोग पुर्याउन तीनवटा आपतकालीन फोन नम्बर पनि जारी गरेको छ:

  • ९८९०१०१४४५५७
  • ९८९१२८१०९११५
  • ९८९१२८१०९१०९

दूतावासले यसका साथै सबै नेपाली र श्रीलंकाली नागरिकलाई टेलिग्राम च्यानलमार्फत पनि सम्पर्क गर्न अनुरोध गरेको छ ताकि उनीहरूलाई आवश्यक सहायता प्रदान गर्न सकियोस्।

यो कदमले इरानमा रहेका संकटमा परेका नेपाली र श्रीलंकाली नागरिकलाई तत्काल सुरक्षा र सहायता उपलब्ध गराउने उद्देश्य राखेको छ।

Leave a comment