Join our Channel

इरानबाट थप ७ नेपालीको उद्धार, दिल्ली हुँदै बुटवल फर्किने तयारी

इरानबाट थप ७ नेपालीको उद्धार, दिल्ली हुँदै बुटवल फर्किने तयारी

इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अड्किएका थप ७ जना नेपाली नागरिकको बुधबार सकुशल उद्धार गरिएको छ। उनीहरूलाई इरानको अध्यागमन प्रशासनले एक्जिट परमिट (देश छोड्न अनुमति दिने कागजात) नभएको भन्दै मंगलबार फिर्ता पठाएको थियो।

यसअघि मात्र दुई जना नेपालीलाई उद्धार गरिएको थियो भने बुधबार थप ७ जना नेपालीलाई भारतीय दूतावासको सहायतामा उद्धार गरिएको हो। उद्धार गरिएका सबै नेपाली नागरिक अहिले भारतको दिल्लीमा रहेका छन् र उनीहरू सिधै बसमार्गबाट बुटवल फर्किने तयारीमा छन्।

उद्धार गरिएकाहरूमा उयदपुरकी गायत्री कार्की थापा, उनका छोरा उत्सव थापा, विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, यज्ञ मरासिनी र राजु खनाल रहेका छन्।

भारतीय दूतावासमा कार्यरत हरि थापा उद्धार कार्यमा ड्युटीमै खटिएका थिए। यस्तै, विष्णुप्रसाद बन्जाडे भने राहदानी नहुँदा अझै रोकिएका छन्। उद्धार गरिएका विष्णुप्रसाद भुसालका अनुसार उनीहरू बिहीबार बिहान ४ बजे दिल्लीबाट बसमार्ग हुँदै बुटवल पुग्ने योजना रहेको छ।

Leave a comment