Join our Channel

एमालेमा फर्कन कुनै आपत्ति छैन, ढोका राम्रोसँग खोल्नुपर्छ : झलनाथ खनाल

एमालेमा फर्कन कुनै आपत्ति छैन, ढोका राम्रोसँग खोल्नुपर्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई पुनर्गठन गरी एकीकृत बनाउने प्रक्रिया अघि बढाइने बताएका छन्।

शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी भएका खनालले पार्टीलाई सिंगो बनाउने र टुक्रिएको संगठनलाई एकजुट गर्ने योजना रहेको बताएका हुन्।

खनालले भने, “एमालेमा फर्कन कुनै आपत्ति छैन, तर ढोका मात्र खोलेर पर्याप्त छैन। बस्ने ठाउँ, वातावरण र सम्मानजनक अवस्था सुनिश्चित गर्नुपर्छ।”

उनले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनका लागि छलफलमा जुटेको धारणा राखे। खनालको यो अभिव्यक्ति एकीकृत समाजवादी र एमालेबीचको सम्भावित एकताको संकेतका रूपमा पनि लिइएको छ।

मुख्य बुँदा

  • झलनाथ खनालले पार्टी पुनर्गठन र एकीकरणको प्रक्रिया अघि बढाउने बताए।
  • एमालेमा फर्कन कुनै आपत्ति छैन, तर ढोका मात्र खोले पर्याप्त नभएको बताए।
  • कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा ल्याउने प्रयास जारी।

Leave a comment