Join our Channel

झापाको विर्तामोडमा एक महिलामा कोरोना संक्रमण पुष्टि

झापाको विर्तामोडमा एक महिलामा कोरोना संक्रमण पुष्टि

झापाको विर्तामोड नगरपालिका–५ की एक ५२ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाले शुक्रबार जानकारी दिएको हो।

स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन युवनाथ बरालका अनुसार विर्तासिटी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित महिला हाल घरमै आइसोलेसनमा रहेकी छन्।

विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन ओम खड्काले पनि पालिकाकी एक महिलामा संक्रमण देखिएको पुष्टि गरे। खड्काका अनुसार संक्रमित महिला कुनै बाह्य भ्रमणबाट फर्किएकी होइनन्।

“उहाँलाई सामान्य रुघाखोकी लागेपछि अस्पताल जानु भएको थियो। त्यहाँ परीक्षण गर्दा कोभिड पुष्टि भयो। अवस्था सामान्य छ र अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ,” फोकल पर्सन खड्काले बताए।

हाल संक्रमितमा देखिएको भाइरस कुन भेरियन्ट हो भन्नेबारे परीक्षण र अनुसन्धान भइरहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

Leave a comment