Join our Channel

जसपा नेता बस्नेत भन्छन्: सभामुख देवराज घिमीरेले राजनीतिक ‘कू’ गर्न खोजे

जसपा नेता बस्नेत भन्छन्: सभामुख देवराज घिमीरेले राजनीतिक ‘कू’ गर्न खोजे

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सभामुख देवराज घिमीरेमाथि राजनीतिक ‘कू’ गर्न खोजेको आरोप लगाएका छन्।

बुधबार, सभामुख घिमीरेले दलका प्रतिनिधिहरूसँग संसद पुनर्स्थापनाबारे छलफल गरेका थिए। बस्नेतका अनुसार, प्रतिनिधि सभा विघटन र वर्तमान सरकारको गठन जेन-जी आन्दोलनको परिणाम हुन्।

“प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन र भ्रष्टाचारीमाथि कारबाही आन्दोलनले दिएको म्याण्डेट हो। विघटित संसद पुनर्स्थापनाको बहस औचित्यहीन छ। सभामुखले राजनीतिक षड्यन्त्र गर्न खोजेको देखियो,” बस्नेतले भने।

उनले दलहरूलाई विश्वासमा लिएर मुलुकलाई निर्वाचनमा होमाउन उपयुक्त वातावरण बनाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिएका छन्।

बस्नेतले स्वस्थ, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकारले कुनै कसर बाँकी नराख्नुपर्ने बताएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन सफल बनाउन सबै राजनीतिक दलहरूसँग छलफल गर्दैछ।

Leave a comment