
ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट दिन काठमाडौंको चुच्चेपाटीस्थित तिलगंगा सिटी आई सेन्टरसँग सेवा सहकार्यको सम्झौता गरेको छ।
सम्झौताअनुसार अब ज्योति विकास बैंकका ग्राहकले तिलगंगा सिटी आई सेन्टरमा आँखा जाँच, शल्यक्रिया, थेरापी र चस्मा खरिदमा छुट पाउनेछन्। यस विशेष छुट योजनाअन्तर्गत:
- आँखा जाँच र विशेष उपचार सेवामा १० प्रतिशत छुट
- प्रिस्क्रिप्सन चस्मा खरिदमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।
उक्त आँखा केन्द्र तिलगंगा नेत्र प्रतिष्ठानको सहसंस्था हो र यहाँ अत्याधुनिक उपकरणको प्रयोगमार्फत गुणस्तरीय सेवा दिइँदै आएको छ।
बैंकले आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा प्रदान गर्न विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरूसँग सहकार्य गर्दै आएको जानकारी दिएको छ। ग्राहकको स्वास्थ्य र सेवामा पहुँच बढाउने उद्देश्यले यस किसिमका सम्झौता गरिएको बैंकले जनाएको छ।