Join our Channel

कैलाली र कञ्चनपुरमा भीषण आँधी : २ जनाको मृत्यु, ३७ भन्दा बढी घाइते

कैलाली र कञ्चनपुरमा भीषण आँधी : २ जनाको मृत्यु, ३७ भन्दा बढी घाइते

पश्चिमी नेपालका कैलाली र कञ्चनपुर जिल्लामा बिहीबार साँझ आएको भीषण आँधीले दुई जनाको ज्यान गएको छ भने ३७ भन्दा बढी मानिस घाइते भएका छन्। गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले घटनाको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्।

मृतकको पहिचान कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय वीरबहादुर चौधरीटिकापुर नगरपालिका–२ का लहुनु डगौराको रूपमा गरिएको छ।

गृह सचिव राईका अनुसार, आँधीका कारण केही मानिस अझै उद्दार हुन बाँकी रहेका छन् र मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ। उनका अनुसार, “स्थानीय प्रशासन उद्धार कार्यमा सक्रिय छ। आँधीले घर, गोठ, र अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।”

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्। “अहिलेसम्म क्षतिको यथार्थ विवरण आउन बाँकी छ तर प्रारम्भिक विवरणअनुसार दर्जनौं घर टहरा क्षतिग्रस्त छन्,” बोहराले भने।

यस घटनाले पश्चिमी तराई क्षेत्रमा प्राकृतिक प्रकोप व्यवस्थापन र तत्क्षण उद्धारको आवश्यकता झनै स्पष्ट बनाएको छ।

Leave a comment