Join our Channel

कैलालीमा खैरो हेरोइनसहित चार जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित चार जना पक्राउ

कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा लिइएको छ।

त्रिनगरबाट १९ वर्षीय युवक पक्राउ

धनगढी उपमहानगरपालिका–३ स्थित त्रिनगर पोस्टमा चेकजाँचका क्रममा डोटीको दिपायल सिलगढी नगरपालिका–३ निवासी १९ वर्षीय दिपेन्द्र नेपालीलाई १ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। उनलाई प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

सिमलघाटबाट भारतीय नागरिक पक्राउ

धनगढी उपमहानगरपालिका–१० सिमलघाटमा भारतको लखिमपुर खिरी, सुडा निवासी २५ वर्षीय कल्लु रानालाई पनि १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

बेलपुरबाट दुई जना युवाहरू पक्राउ

त्यस्तै, जानकी गाउँपालिका–४ बेलपुरबाट सोही स्थानका २५ वर्षीय निरज कठरिया२० वर्षीय अमन बडायकलाई २ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त पक्राउ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट संयुक्त रूपमा परिचालित टोलीद्वारा गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागूऔषध (Narcotic Drugs) सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ।

Leave a comment