Join our Channel

पूर्वी नेपालको काँकडभिट्टा नाका ६ दिनपछि सञ्चालनमा

पूर्वी नेपालको काँकडभिट्टा नाका ६ दिनपछि सञ्चालनमा

पूर्वी नेपालको प्रमुख सीमा नाका काँकडभिट्टा ६ दिनपछि आजदेखि सञ्चालनमा आएको छ। भदौ २४ गतेदेखि जेन–जी आन्दोलनका क्रममा बन्द भएको यो नाका आंशिक रूपमा सञ्चालनमा आएको हो।

नाका ६ दिनसम्म ठप्प

  • आन्दोलनका क्रममा हिंसात्मक घटनापछि भारतीय सीमा सुरक्षा बल (SSB) ले नाका बन्द गरेका थिए।
  • यस अवधिमा नेपाल–भारत दुवै मुलुकका नागरिकलाई पैदल समेत आवागमनमा कठिनाइ भएको थियो।

आंशिक रूपमा मात्रै सञ्चालन

  • इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाका अनुसार अहिले पुरानो पुलमार्फत मात्र आवागमन सहज भएको छ।
  • भारतीय निजी गाडीहरूलाई अझै नेपाल प्रवेश अनुमति दिइएको छैन।
  • सिटी सफारी र अन्य सार्वजनिक सवारीसाधन सञ्चालनमा आउन बाँकी रहेको छ।

भन्सार कार्यालय क्षतिग्रस्त

  • आन्दोलनका क्रममा मेची भन्सारको यात्रु शाखा जलेर ध्वस्त भएको हुँदा भारतीय गाडीहरूको प्रवेशमा समस्या देखिएको छ।
  • भन्सार शाखा सञ्चालनमा आएपछि मात्रै नाका पूर्ण रूपमा सुचारु हुने अधिकारीहरूको भनाइ छ।

अन्य नाकाहरूको अवस्था

  • भद्रपुर नाका शुक्रबारदेखि नै सञ्चालनमा आएको छ।
  • तर, त्यहाँ एसएसबीले यात्रुहरूको नाम टिप्ने प्रक्रिया सुरु गरेपछि लामो लाइन लाग्ने र यात्रुलाई असुविधा हुने अवस्था बनेको छ।

Leave a comment