
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकामध्ये केहीले घटनास्थलमा हतियार समेत प्रदर्शन गरेका थिए।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास–५ का सुनवाईवा (२५), दोलखा मेलुङ–६ का युवराज भण्डारी (२४), कञ्चनपुर भिमदत्त–६ का अनिल बुढा (२५), गोरखा आजिरकोट–५ का निखिल भुजेल (२१) र भारत राजस्थान का सोयव खान (२४) रहेका छन्।
यस्तै अन्य पक्राउ पर्नेहरूमा कञ्चनपुर महेन्द्रनगरका विकास आग्री (२०), दोलखा शैलुङ–८ का तिर्थमान तामाङ (२१), मकवानपुर बकैया–१ का राजेश तामाङ (२७), नागार्जुन–८ का मोहन तामाङ (३२), नुवाकोट ककनि–१ का सुवाष तामाङ (३१), सिन्धुली सुनकोसी–१ का सुचेन तामाङ (२५), काभ्रे धुलिखेल–११ का सुवाष गोतामे (४१), कञ्चनपुर बेलौरी–१ का भुवन शाही (२७), सिन्धुपाल्चोक इरखु–१ का सविन राई (२९) र महोत्तरी लोहरपट्टी–७ का गोबिन्द कुमार ठाकुर (२४) छन्।
प्रहरीका अनुसार उनीहरू सबैलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।