Join our Channel

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

काठमाडौं महानगरपालिकाले आजदेखि विद्यालय पुनः सञ्चालनमा ल्याउन आग्रह गरेको छ। पछिल्ला दिनमा देशभरको परिस्थितिका कारण बन्द भएका विद्यालय आइतबारदेखि क्रमशः खुल्ने भएका हुन्।

महानगरको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न विद्यालय व्यवस्थापन र शिक्षकलाई सूचित गरिएको हो।

महानगरको निर्देशन

महानगरपालिकाले विद्यालयलाई चार बुँदामा तयारी गर्न अनुरोध गरेको छ–

  • विद्यालयमा कुनै भौतिक क्षति भए/नभएको एकिन गर्ने,
  • अभिभावकसँग सम्पर्क गरेर विद्यार्थीको अवस्था बुझ्ने,
  • अवस्था सामान्य नहुञ्जेलसम्म विद्यार्थीलाई विद्यालय आउन–जान अभिभावकमार्फत मात्र पठाउने,
  • आवश्यक परे श्रव्यदृश्य माध्यममार्फत कक्षा सञ्चालन गर्ने।

कक्षा सञ्चालनको योजना

  • भदौ ३० गते सोमबारदेखि विद्यालयमा मनोसामाजिक परामर्शसहित भौतिक रूपमा कक्षा सञ्चालन हुने।
  • विद्यालय आउन र जान अभिभावकले साथ दिन नसक्ने बालबालिकाका लागि भने अनलाइन वा भर्चुअल कक्षा चलाउन आग्रह गरिएको छ।

Leave a comment