Join our Channel

केदारनाथ यात्रामा हेलिकप्टर दुर्घटना: बालकसहित ७ जनाको ज्यान गयो

केदारनाथ यात्रामा हेलिकप्टर दुर्घटना: बालकसहित ७ जनाको ज्यान गयो

केदारनाथ धामतर्फ जाँदै गरेको एक यात्रुबहुल हेलिकप्टर दुर्घटनामा परेपछि ७ जनाको मृत्यु भएको छ।

मंगलबार बिहान भारतको उत्तराखण्डस्थित गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको उक्त दुर्घटनामा एक बालकसहित सबै यात्रुको ज्यान गएको पुष्टि गरिएको छ।

आर्यन कम्पनीद्वारा सञ्चालित उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथ गन्तव्यतर्फ उडेको थियो। तर, मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक रूपमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनाको खबरले उत्तराखण्ड राज्यमा शोक छाएको छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्स (ट्विटर)मार्फत घटना “अत्यन्त दुःखद” भएको जनाउँदै आवश्यक उद्धार र राहतका काममा एसडीआरएफ र स्थानीय प्रशासन सक्रिय रहेको जानकारी दिएका छन्।

भारतीय सञ्चारमाध्यमअनुसार, घटनाको जानकारी नेपाली मूलकी महिलाले प्रहरीलाई फोनमार्फत दिएका हुन्। उनीहरू घटना स्थल नजिकै घाँस काटिरहेका थिए र हेलिकप्टर खस्दाको आवाज र धुवाँ देखेपछि तुरुन्तै सुरक्षा निकायलाई खबर गरेका थिए।

दुर्घटनामा ज्यान गुमाउने यात्रुहरूको नाम र ठेगाना हालसम्म सार्वजनिक गरिएको छैन। खोज तथा उद्धार कार्य जारी छ।

Leave a comment