
खाना बाँकी परेपछि अर्को दिन तातो बनाएर खाने हाम्रो सामान्य बानी हो। तर स्वास्थ्य विशेषज्ञहरूका अनुसार केही खानेकुरा बारम्बार तताएर खानु अत्यन्तै जोखिमपूर्ण हुन सक्छ। विशेषगरी आलु, अन्डा, च्याउ, मासु, हरियो पातवाला तरकारी जति पटक तातो बनाइन्छ, त्यति नै शरीरमा हानिकारक असर पर्न सक्छ।
आलु किन दोहोर्याएर तताउन हुँदैन ?
आलुमा Clostridium botulinum नामक ब्याक्टेरिया सक्रिय हुने जोखिम धेरै हुन्छ। यसले बोटुलिज्म नामक घातक रोग निम्त्याउन सक्छ।
बारम्बार तताइएको आलुमा ब्याक्टेरियाको वृद्धि तीव्र हुन्छ र स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
उसिनेको अन्डा दोहोर्याएर तताउँदा के हुन्छ ?
अन्डामा पाइने प्रोटिन उच्च तापक्रम सहन सक्दैन।
त्यसैले:
- उसिनेको वा तारिएको अन्डा दोहोर्याएर तताउँदा प्रोटिन नष्ट हुन्छ
- नष्ट भएको प्रोटिन पाचनमै नजाने भएकाले पेट दुख्ने, ग्यास, अपच जस्ता समस्या आउन सक्छ
- धेरै दिनसम्म राखिएको अन्डा अझ खतरनाक हुन सक्छ
च्याउमा पनि तताउने समस्या उस्तै
च्याउमा प्रोटिन प्रशस्त हुन्छ, तर:
- एक पटक पाकेपछि तुरुन्तै खानुपर्छ
- फेरि तताउँदा प्रोटिन भङ्गिएर पाचन तन्त्रमा क्षति पुर्याउन सक्छ
मासु र ओलिभ आयल पनि दोहोर्याएर तताउन हुँदैन
मासु बारम्बार तताउँदा
- ब्याक्टेरिया बढ्छ
- प्रोटिन भंगिन्छ
- क्यान्सर उत्प्रेरक पदार्थ बन्न सक्छ
ओलिभ आयल पटक–पटक तातेमा
- यसका गुण नष्ट हुन्छन्
- हानिकारक ‘Trans Fat’ बन्न थाल्छ
के खानु सुरक्षित ? समाधान के ?
✔ हरियो पातलो तरकारीहरू (पालुङ्गो, साग आदि) – कुनै हालतमा दोहोर्याएर नतताउनु
✔ भात, आलु, शखरखन्ड, सलगम – पकाएको बेलामा तात्तातो खानु
✔ बाँकी परेपछि तुरुन्तै फ्रिजमा राख्नु
✔ खाने बेलामा मात्र निकालेर एक पटक मात्र तताउनु
✔ २ दिनभित्र सकिहाल्नु
✔ लामो समय फ्रिजमा स्टोर गर्दा पनि जोखिम बढ्छ