Join our Channel

नितु पौडेल प्रकरण: गायक बाबुल गिरी प्रहरी नियन्त्रणमा

नितु पौडेल प्रकरण: गायक बाबुल गिरी प्रहरी नियन्त्रणमा

गायिका नितु पौडेल आत्मदाह प्रयास प्रकरणमा गायक बाबुल गिरी (धन बहादुर गिरी) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो अनामनगरस्थित याम तिलक स्टुडियोमा पौडेलले आफैंलाई पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार, घटनाको अनुसन्धानका लागि स्टुडियो सञ्चालक समेत रहेका गिरीलाई नियन्त्रणमा लिइएको हो। साथै, नितु पौडेलका परिवार, आफन्त र प्रत्यक्षदर्शीहरूलाई पनि सोधपुछका लागि प्रहरीमा बोलाइएको छ।

प्रहरी स्रोतका अनुसार, गायिका पौडेलको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। हाल उनी कीर्तिपुर बर्न अस्पतालमा उपचाररत छिन्। घटनामा गायक गिरी पनि सामान्य रूपमा घाइते भएका छन् — उनका हातखुट्टामा सामान्य चोट लागेको बताइएको छ।

सांगीतिक क्षेत्रका निकट श्रोतहरूका अनुसार, नितु र बाबुलबीच व्यक्तिगत सम्बन्धमा दरार उत्पन्न भएपछि घटनाको कारण बन्न सक्ने अनुमान गरिएको छ। दुबै जना लामो समयदेखि एकै सांगीतिक सर्कलमा काम गर्दै आएका थिए।

Leave a comment