
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै सरकारलाई सफलताको शुभकामना दिएका छन्।
नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्कीलाई बधाई दिंदै उनले भने, “देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ। देश र जनताको हितका लागि हामी सबै एक भएर सहयोग गर्दै अगाडि बढ्नु पर्छ।”
उनका अनुसार जेन्जी पुस्ताले सुरु गरेको आन्दोलनको माग र आकांक्षालाई सम्बोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु वर्तमान सरकारको प्रमुख दायित्व हो। घिसिङले जनतामा सुशासन र राजनीतिक स्थायित्वको अपेक्षा रहेको भन्दै नयाँ सरकारलाई सफलताको शुभकामना दिएका छन्।