
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ, जसमा ६६ प्रतिशत हिस्सा पूर्वाधार विकासका लागि विनियोजन गरिएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी बजेटमा पूर्वाधार निर्माण तथा सहरी विकास, सम्पदा संरक्षण, ढुङ्गेधारा, इनार, पोखरी संरक्षण, र हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिइएको जानकारी दिए।
महानगरको बजेट विवरण अनुसार:
पूर्वाधार विकास: ६६%
सामाजिक विकास: २८%
आर्थिक विकास: ८%
विपद् व्यवस्थापन: ६%
सुशासन तथा अन्य क्षेत्र: ३%
चालु आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्ममा:
- कूल खर्च: ६८.१४%
- राजस्व संकलन: ७५%
- बेरुजु: ०.५२% मात्र रहेको जानकारी दिइएको छ।
महानगरको संस्थागत क्षमतामा पनि सकारात्मक प्रगति देखिएको छ:
- स्थानीय तह स्वमूल्याङ्कन: ९३.५%
- वित्तीय जोखिम मूल्याङ्कन: ९९.५%
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग मूल्याङ्कन: ७४.७१ अंक प्राप्त
बजेट विवरण:
- पुँजीगत खर्च: रु. ४ अर्ब ५० करोड ७७ लाख
- प्रशासनिक खर्च: रु. १ अर्ब ३३ करोड ३ लाख
- सामाजिक सुरक्षा/सशर्त अनुदान: रु. १ अर्ब ६३ करोड ६१ लाख
महानगरले समावेशी पूर्वाधार र दिगो विकासको लक्ष्यका साथ आगामी बजेट लागू गर्ने प्रतिबद्धता जनाएको छ।