Join our Channel

ललितपुरमा १२ घण्टे कर्फ्यु आदेश जारी

ललितपुरमा १२ घण्टे कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम जारी गरेको आदेशअनुसार प्रभावित क्षेत्रका नागरिकलाई सभा, जुलुस, प्रदर्शन, भेला, बैठक वा घेराउ नगर्न आग्रह गरिएको छ।

कर्फ्यु लाग्ने मुख्य क्षेत्रहरू

भैंसेपाटी (वडा नं. ४, १८, २५)

  • पूर्व: भैंसे–बुंगमती सडक
  • पश्चिम: सिजी हाउजिङ, चोभार–गल्छी सडक
  • उत्तर: एकान्तकुना गायत्री पेट्रोल पम्प–विष्णुदेवी मन्दिर
  • दक्षिण: इटनी ओरालो क्षेत्र

सानेपा (वडा नं. २)

  • पूर्व: सानेपा चोक–इन्द्रायणी मन्दिर पक्की सडक
  • पश्चिम: बल्खु पुल–मनमोहन पार्क बागमती करिडोर
  • उत्तर: बल्खु पुल–सानेपा चोक चक्रपथ सर्भिस लेन
  • दक्षिण: इन्द्रायणी मन्दिर–बागमती करिडोर पक्की सडक

च्यासल (वडा नं. ९)

  • पूर्व: मनोहरा खोलाको झोलुङ्गे पुल
  • पश्चिम: च्यासल खेलमैदान
  • उत्तर: मनोहरा खोला
  • दक्षिण: मल पोखरी बाटो

प्रशासनको आग्रह

प्रशासनले तोकिएको समयमा प्रभावित क्षेत्रमा सभा, जुलुस, र आन्दोलन नगर्नु तथा अनावश्यक आवतजावत नगर्नु आग्रह गरेको छ।

Leave a comment