Join our Channel

राजीनामाको मुडमा रामहरि खतिवडा, शीर्ष नेतासँग परामर्श जारी

राजीनामाको मुडमा रामहरि खतिवडा, शीर्ष नेतासँग परामर्श जारी

निजामती कर्मचारी सम्बन्धी विधेयकको ‘कुलिङ अफ पिरियड’ विवादपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिने मनस्थितिमा पुगेका छन्। संसदीय छानबिन समितिको प्रतिवेदनले खतिवडामाथि नैतिक प्रश्न उठाएपछि उनी राजीनामा दिन इच्छुक भएका स्रोतहरूले बताएका छन्।

खतिवडाले आफ्नो गल्ती नभएको तर ‘नैतिक प्रश्न’ उठेपछि पदबाट हटिनु नै उचित ठानेको एक निकटस्थ कांग्रेस नेताले बताए। खतिवडाले पार्टीका शीर्ष नेताहरू, सभापति शेरबहादुर देउवा र महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग परामर्श गरिसकेको जनाइएको छ।

स्रोतका अनुसार, खतिवडा समितिको कामकाजबाट आफू नैतिक रूपमा बाहिरिसकेको महसुस गरिरहेका छन्। अब प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राखेर राजीनामा दिने तयारीमा रहेको बुझिएको छ।

यसअघि निजामती कर्मचारी विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी विवाद भएपछि कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा संसदीय समिति गठन गरिएको थियो, जसले खतिवडामाथि नैतिक प्रश्न उठाएको थियो।

Leave a comment