Join our Channel

अब सवारी लाइसेन्सको अवधि १० वर्ष, नयाँ कानुन कार्यान्वयनमा

अब सवारी लाइसेन्सको अवधि १० वर्ष, नयाँ कानुन कार्यान्वयनमा

अब सवारीचालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षको लागि मान्य हुने भएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै पूर्ववत ५ वर्षको लाइसेन्स अवधि दोब्बर बनाइएको हो।

के छ नयाँ व्यवस्था?

  • पहिले: लाइसेन्सको अवधि ५ वर्ष मात्र थियो
  • अब: लाइसेन्स १० वर्षसम्म मान्य हुनेछ
  • कुन ऐनमा?: सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४, उपदफा ३
  • कार्यान्वयन: राजपत्रमा प्रकाशित भइसकेपछि कानुनीरूपमा लागू

नयाँ कानुनले के-के सुविधा थप्यो?

लाइसेन्स नवीकरण अब १० वर्षमा मात्र एकपटक
प्रदूषण जाँच तथा सवारी जाँच पास केन्द्रहरू निजी क्षेत्रले पनि सञ्चालन गर्न पाउने
नयाँ प्रविधिमा आधारित परीक्षण र सेवा प्रवाहमा सुधारको अपेक्षा

यातायात व्यवस्था विभागको भनाइ

नयाँ कानुनी संशोधनले सेवा लिन आउने नागरिकको समय, खर्च र झन्झट घटाउने अपेक्षा गरिएको छ। साथै, डिजिटल प्रणालीमा आधारित सेवा प्रवाह तर्फ लैजाने लक्ष्यसहित कानुन परिमार्जन गरिएको बताइएको छ।

के भन्छन् सवारी चालकहरू?

नेपालभरका सवारी चालकहरूका लागि यो निर्णय सकारात्मक खबर हो।

५/५ वर्षमा लाइसेन्स नवीकरण गर्न लाइन बस्नुपर्थ्यो, अब १० वर्ष मान्य हुँदा झन्झट घट्नेछ,” काठमाडौंका मोटरसाइकल चालक युवराज थापाले भने।

Leave a comment