
लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को आयोजनामा प्रथम ‘एलएनए एसईई कप थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगेन्द्र केसीले प्रतियोगितामा कुल २० टिमको सहभागिता रहने जानकारी दिए। ब्वाइजतर्फ १२ र गर्ल्सतर्फ ८ टिम प्रतिस्पर्धामा सहभागी हुनेछन्।
बास्केटबल प्रशिक्षक नारायण खवासका अनुसार ब्वाइज टिमलाई ४ समूहमा र गर्ल्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ।
प्रतियोगिताका दुवै समूहका विजेताले नगद ८ हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। साथै, फाइनलमा पुग्ने चारै टिमका खेलाडीहरूलाई एलएनएमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति समेत दिइने आयोजकले जानकारी दिएको छ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता एलएनएको आफ्नै कोर्टमा हुने र प्रतियोगिता व्यवस्थापनका लागि करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।