Join our Channel

सुनकोशी नदी आसपास सतर्कता: खोटाङ प्रशासनको आग्रह

खोटाङ जिल्लाको प्रशासनले सुनकोशी नदी किनार आसपास बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। चीनको तिब्बत क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सुनकोशी नदीमा बाढीको जोखिम बढेको जनाउँदै प्रशासनले सूचना जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी सागर शाहद्वारा जारी सूचनामा भनिएको छ कि तिब्बतमा अत्यधिक वर्षा हुने सम्भावनाका कारण खोटाङ जिल्लासँग सिमाना जोडिएको सुनकोशी आसपास बाढी आउन सक्ने देखिएकाले स्थानीयवासीले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।

“चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना भएकाले खोटाङसँग जोडिएको सुनकोशी नदी आसपासको क्षेत्र बाढीको जोखिममा पर्न सक्नेछ,” सूचनामा उल्लेख गरिएको छ, “शनिबारसम्म विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ।”

प्रशासनले नागरिकहरूलाई जोखिमयुक्त क्षेत्रबाट टाढा रहन, आवश्यक तयारी गर्न तथा सूचना तथा समाचारमाथि अपडेट भइरहन अनुरोध गरेको छ।

Leave a comment