Join our Channel

मधेश प्रदेशको बजेट सार्वजनिक: शिक्षामा बढ्यो, श्रममा घट्यो – कुन मन्त्रालयले कति पायो?

मधेश प्रदेशको बजेट सार्वजनिक: शिक्षामा बढ्यो, श्रममा घट्यो – कुन मन्त्रालयले कति पायो?

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेको छ। आइतबार साँझ अर्थमन्त्री सुनीलकुमार यादवले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै विभिन्न मन्त्रालयहरूमा विनियोजन गरिने रकमको विवरण सार्वजनिक गरेका हुन्।

नयाँ बजेट अनुसार शिक्षा तथा संस्कृति मन्त्रालयको बजेट वृद्धि भएको छ भने श्रम तथा यातायात मन्त्रालयको बजेट घटाइएको छ।

श्रम तथा यातायात मन्त्रालयको बजेट घटाएर आगामी वर्षका लागि ५७ करोड १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन चालु वर्षको ८३ करोड ४१ लाख ४८ हजारको तुलनामा घटाइएको हो।

अर्कोतर्फ, शिक्षा तथा संस्कृति मन्त्रालयका लागि आगामी वर्ष ३ अर्ब ५७ करोड ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन चालु वर्षको ३ अर्ब ४३ करोड १० लाख ४० हजार रुपैयाँभन्दा बढी हो।

अन्य मन्त्रालयहरूको बजेट विवरण यसप्रकार छ:

  • गृह तथा सञ्चार मन्त्रालय: ६४ करोड ८९ लाख ९७ हजार
  • भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय: २ अर्ब ८३ करोड
  • वन तथा वातावरण मन्त्रालय: २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार
  • ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय: ४ अर्ब ४१ करोड ९९ लाख ९९ हजार
  • भौतिक पूर्वाधार मन्त्रालय: १५ अर्ब ८८ करोड ७१ लाख ८५ हजार
  • खेलकुद तथा समाज कल्याण मन्त्रालय: १ अर्ब ६८ करोड ७३ लाख
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय: ६ अर्ब ४५ करोड ६१ लाख

अर्थमन्त्री यादवले प्रस्तुत गरेको बजेट प्रदेशको समावेशी विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्यमा गुणस्तर सुधार, र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको बताए।

Leave a comment