
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई सरकारी रकम दुरुपयोग गरेको आरोपमा नियन्त्रणमा लिएको छ।
सिंहमाथि उपभोक्ता समितिहरूसँग लिएको कमिसन रकम आफ्नै श्रीमती र निजीकृत सचिवको खातामा जम्मा गरेको आरोप लागेको छ। आयोगका अनुसार, सांसद सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी तिनीहरूको खातामा आएको रकम आफ्ना निजी सचिव विनोदकुमारलाल कायस्थमार्फत झिकाएर आफ्नो, श्रीमती र सचिवकै खातामा राखेको पाइयो।
जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य सिंहलाई बिहीबार साँझ ६ बजेर ३ मिनेटमा काठमाडौंको रत्नराज्य विद्यालय क्षेत्रबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।
हाल सिंहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।