Join our Channel

अफ्रिकाकी क्रिस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको पहिलो महिला अध्यक्ष

अफ्रिकाकी क्रिस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको पहिलो महिला अध्यक्ष
Getty Images

अफ्रिकाकी पूर्व ओलम्पिक च्याम्पियन क्रिस्टी कोभेन्ट्रीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC) को पहिलो महिला अध्यक्षका रूपमा सोमबारदेखि कार्यभार सम्हालेकी छन्। १ सय ३१ औं ओलम्पिक स्थापना दिवसको अवसरमा उनको नेतृत्वलाई ‘महिला अध्यक्षको हातमा सुरक्षित ओलम्पिक’ भनेर व्याख्या गरिएको छ।

४१ वर्षीया कोभेन्ट्री जिम्बावेकी पूर्व पौडी खेलाडी हुन् जसले दुईपटक ओलम्पिक स्वर्ण जितेकी थिइन्। उनले मार्चमा भएको निर्वाचनमा आफ्ना ६ प्रतिस्पर्धीलाई हराएर वर्तमान अध्यक्ष थोमस बाखको स्थान लिएकी हुन्। उनले मंगलबारबाट औपचारिक रूपमा आफ्नो ८ वर्षे कार्यकाल सुरु गर्नेछिन्।

“ओलम्पिक आन्दोलनलाई नयाँ दिशा दिन आवश्यक छ”

कोभेन्ट्रीले ओलम्पिकलाई आशा र परिवर्तनको वाहक बनाउने प्रतिबद्धता जनाएकी छन्। उनी भन्छिन्, “छोरीले मलाई हरेक दिन सम्झाइरहन्छिन् कि म किन यो सब गर्दै छु। हामीले ओलम्पिक आन्दोलनलाई नयाँ रूप दिनु छ र त्यसका लागि परिवर्तन आवश्यक छ।”

उनकी छ वर्षीया छोरी एला उनको मुख्य प्रेरणास्रोत हुन्। “उनीहरूले मलाई कठिन समय सजिलै पार गर्ने हिम्मत दिन्छन्,” कोभेन्ट्रीको भनाइ थियो।

थोमस बाखले भावुक हुँदै पद हस्तान्तरण गरे

पूर्व अध्यक्ष बाखले पदबाट विदा लिँदै ओलम्पिक अब सुरक्षित हातमा पुगेको भन्दै सन्तोष व्यक्त गरे। “म आफ्नो हृदयदेखि भन्छु, ओलम्पिक आन्दोलनको भविष्य सुन्दर र सुरक्षित छ,” उनले भने। बाख आफैं सन् १९७६ को फेन्सिङ खेलमा ओलम्पिक स्वर्ण पदक विजेता हुन्।

Leave a comment