Join our Channel

भारी वर्षा र पहिरोका कारण त्रिभुवन राजपथ र कान्ति लोकपथ अवरुद्ध

भारी वर्षा र पहिरोका कारण त्रिभुवन राजपथ र कान्ति लोकपथ अवरुद्ध

मकवानपुर जिल्लामा अविरल वर्षासँगै खसेको पहिरोका कारण दुई महत्वपूर्ण राजमार्ग शुक्रबार बेलुकादेखि पूर्ण रूपमा अवरुद्ध भएका छन्।

त्रिभुवन राजपथको हेटौँडा–भैँसे सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका–१ मा सडक माथिबाट पहिरो खस्दा यातायात ठप्प भएको छ। हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो दुरीको वैकल्पिक मार्ग समेत अवरुद्ध भएको छ।

सडक विभाग, प्रहरी, सेना र हेटौँडा उपमहानगरपालिकाका उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। राजमार्ग बन्द भएपछि सवारी साधनहरू बाटोमै रोकिएका छन्।

यस्तै, कान्तिलोकपथको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडा र बकैया गाउँपालिकाको लेनडाँडामा खसेको पहिरोका कारण शुक्रबारदेखि नै यातायात अवरुद्ध भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता श्यामु अर्यालले बताए। शुक्रबार बेलुकी मकवानपुरका विभिन्न भागमा भारी वर्षा भएको थियो।

Leave a comment