Join our Channel

मनाङ चामे सडकमा पहिरो: चामे नजिकै सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

मनाङ चामे सडकमा पहिरो: चामे नजिकै सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

हिमाली जिल्ला मनाङतर्फ जाने प्रमुख बेसीसहर–चामे सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। मर्स्याङ्दी गाउँपालिका–४, चामे नजिकै मंगलबार राति करिब १२ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको हो।

सडक बन्द भएपछि चामे र मनाङ जाने यात्रुहरू बाटोमै रोकिएका छन्। स्थानीय बासिन्दा र पैदलयात्रुहरू समेत जोखिममा परेका छन्।

स्थानीय होटल व्यवसायी बाबुराम तामाङका अनुसार चामे र बुङ झरनाबीचको सडकखण्डमा ठूलो पहिरो खसेर सडक बगेको छ। पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

लमजुङका डिएसपी रेशम बोहराले पनि पहिरोका कारण सडक बन्द भएको पुष्टि गरेका छन्। उनका अनुसार बुधबार बिहान बुङ झरना नजिकको भागमा माथिबाट माटो र ढुंगा खसेपछि सडकमा ठूलो अवरोध भएको हो।

प्रहरी टोली घटनास्थलमा खटिएको छ र सडक खुलाउन डिभिजन कार्यालयसँग समन्वय भइरहेको छ।

Leave a comment