
नेपालको राजनीतिक वृत्तमा ठूलो पुनर्संरचना हुने संकेत देखिएको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वामपन्थी दलहरूबीच १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको छ।
सहमति अनुसार, यी दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमा संयुक्त रूपमा काम गर्ने प्रतिवद्धता जनाएका छन्।
पार्टी एकताका लागि सहमत हुने दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) रहेका छन्।
सहमति पत्रमा उल्लेख अनुसार, पार्टी एकता घोषणा कात्तिक १९ गते (November 4, 2025) गर्ने तयारी भएको छ।
यो एकता प्रक्रियालाई “समाजवादी क्रान्तिको दिशामा अग्रसर हुने ऐतिहासिक कदम” का रूपमा व्याख्या गरिएको छ।
