Join our Channel

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजदेखि पुनः सुरु

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजदेखि पुनः सुरु

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जेठ २ गते बैतडीको पाटनबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान आजदेखि पुनः सुरु गर्न लागेको छ।

बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित भएको अभियान अहिले पोखरा रुपा–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु हुने माओवादी केन्द्रले जनाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं पोखरा पुगेर अभियानलाई सक्रिय बनाउने तयारीमा छन्।

साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकले बाँकी जिल्लामा अभियान भदौ २१ देखि पुनः सुरु गर्ने निर्णय गरेको थियो।

Leave a comment