Join our Channel

१० वर्षदेखि दोलखाको तामाकोशी पुल अलपत्र

१० वर्षदेखि दोलखाको तामाकोशी पुल अलपत्र

दोलखा जिल्लाको तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र अवस्थामा छ। लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत पर्ने यो पुल भीमेश्वर नगरपालिका–५बैतेश्वर गाउँपालिका–६ को सिमानामा अवस्थित छ।

४५ वर्षअघि बनेको पुरानो पुल जीर्ण भएपछि २०७३ सालमा न्यू पुल निर्माणको ठेक्का नीलगिरि–नेसनल जेभी कम्पनीलाई दिइएको थियो। ठेकेदारले २ वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता गरे पनि काम सुरु गरेपछि अहिले बेपत्ता छन्।

स्थानीय ललित घिसिङले भने, “नयाँ पुलको जग मात्र तयार पारेर अलपत्र छ। पुरानो पुलबाट हिँड्दा कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्छ। जनप्रतिनिधि र ठेकेदारले ध्यान दिएका छैनन्।”

नयाँ पुल ७५ मिटर लामो, दुई लेन, आरसीसी आर्क ब्रिज डिजाइनमा, १० करोडको लागतमा निर्माण हुनुपर्ने थियो। तर, पुल निर्माण नभएपछि पुरानो पुल मर्मत नभएर खिया लाग्दै जीर्ण हुँदै गएको छ।

यो पुल दोलखा, रामेछाप, ओखलढुंगा र सोलुखुम्बुका सवारीसाधनको प्रमुख मार्ग हो। पुरानो पुल अब भारवाहक सवारीसाधनको तौल सहन नसक्ने अवस्थामा पुगेको छ। बीपी राजमार्ग बाढीले क्षतिग्रस्त हुँदा पूर्वी नेपालका सबै सवारी काठमाडौं जाने मार्ग यही पुल हो।

स्थानीयले ठेकेदारको मनोमानी र जनप्रतिनिधिको चासो नदेखिनु दुःखको कुरा भन्दै सुरक्षित र समयमै नयाँ पुल निर्माण गर्न आग्रह गरेका छन्।

Leave a comment