Join our Channel

मेची भन्सारबाट अलैंची निर्यातमा ३३ प्रतिशत वृद्धि

मेची भन्सारबाट अलैंची निर्यातमा ३३ प्रतिशत वृद्धि

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा मेची भन्सार कार्यालयमार्फत अलैंची निर्यात ३३ प्रतिशतले बढेको छ।

कार्यालयका अनुसार तीन महिनाको अवधिमा रु १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार बराबरको अलैंची निर्यात गरिएको छ। यस अवधिमा १,०७२ मेट्रिक टन अलैंची निर्यात भएको सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा रु १ अर्ब ७ करोड २२ लाख बराबरको अलैंची निर्यात भएको थियो।

यद्यपि, यस वर्ष चियाको निर्यात भने ४०.९० प्रतिशतले घटेको भन्सार कार्यालयले जनाएको छ। चालु आवको पहिलो त्रैमासमा रु १ अर्ब १ करोड २१ लाख ८६ हजार बराबरको चिया निर्यात भएको छ भने गत वर्ष सोही अवधिमा रु १ अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको थियो।

कार्यालयको तथ्याङ्कअनुसार अन्य निर्यात वस्तुहरूमा पनि उल्लेख्य उतार–चढाव देखिएको छ।

  • भेनियर सिट: १२६% वृद्धि
  • छुर्पी: ६१.८% वृद्धि
  • प्लाइउड: १००% वृद्धि
  • काउली, ब्रोकाउली, बन्दागोभी: ७१.४% वृद्धि
  • धातुका अवशेष: १००% वृद्धि
  • मुसुरो दाल: ४८१% वृद्धि

त्यसैगरी अदुवा निर्यात ३२.३%अम्रिसो निर्यात २४% ले घटेको छ।

समग्रमा, मेची भन्सारमार्फत चालु आवको पहिलो त्रैमासमा रु ४ अर्ब ८० करोड ३९ लाख २४ हजार मूल्यबराबरका मालवस्तु निर्यात भएका छन्।

Leave a comment