Join our Channel

लियोनल मेसीको जादुमयी गोलले इन्टर मियामीलाई महत्त्वपूर्ण जित दिलायो

लियोनल मेसीको जादुमयी गोलले इन्टर मियामीलाई महत्त्वपूर्ण जित दिलायो
Getty Images

लियोनल मेसीको निर्णायक गोलको सहारामा इन्टर मियामीले बिहीबार राति क्लब वर्ल्डकप अन्तर्गतको रोमाञ्चक खेलमा एफसी पोर्टोलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। मेसीको यो इन्टर मियामीका लागि ५० औं गोल हो, जुन टोलीका लागि निकै ऐतिहासिक मानिएको छ।

समूह ‘ए’ अन्तर्गत भएको खेलमा मियामीले एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। खेलको आठौं मिनेटमै पोर्टोका सामु आगेहोवाले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए।

तर दोस्रो हाफमा मियामीका टेलास्को सेगोभिआले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए। त्यसपछि खेलको ५४ औं मिनेटमा कप्तान लियोनल मेसीले निर्णायक गोल गर्दै मियामीलाई २–१ को अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।

यसै समूहको अर्को खेलमा पाल्मारेसियसले अल अहलीलाई २–० ले हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा ४ अंकसहित कब्जा जमाएको छ। मियामी पनि ४ अंकमै भएपनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ।

समूह ‘बी’ तर्फ भने एटलेटिको म्याड्रिडले सियाटल सन्डर्सलाई ३–१ ले पराजित गर्दै शानदार प्रदर्शन गर्‍यो।

Leave a comment