Join our Channel

१३ वर्षीया छोरीलाई पैसा लिएर भारतीयसँग विवाह गरिदिने बाबु पक्राउ

१३ वर्षीया छोरीलाई पैसा लिएर भारतीयसँग विवाह गरिदिने बाबु पक्राउ

पर्सा जिल्लाको पोखरिया नगरपालिकामा १३ वर्षीया नाबालिका छोरीलाई चार लाख ८० हजार रुपैयाँ लिएर ५० वर्षीय भारतीय पुरुषसँग विवाह गरिदिएको आरोपमा एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्तिको नाम भरत (नाम परिवर्तन) हो, जसले आफ्नी छोरी पूजालाई (नाम परिवर्तन) भारत बिहारको सुगौलीका विदुर (नाम परिवर्तन) नाम गरेका व्यक्तिसँग विवाह गरिदिएको आरोप लागेको हो। ती भारतीय पुरुषले दोस्रो विवाह गर्नका लागि रकम बुझाएको बताइएको छ।

बालिकाकी हजुरबुवाले इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए। उजुरीकै आधारमा प्रहरीले बाबु भरतलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको हो।

अझ चिन्ताजनक कुरा त के भने, विवाह गरिएका ती भारतीय पुरुषमाथि आफ्नै जेठी पत्नीको हत्या गरेको अभियोग पनि लागेको खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ परेका बाबुलाई पर्सा जिल्ला अदालतमा बाल विवाहसम्बन्धी मुद्दामा उपस्थित गराई पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको हो।

प्रहरीका अनुसार यस घटनालाई गम्भीर रूपमा लिई अनुसन्धान भइरहेको छ। पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Leave a comment