Join our Channel

‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै, अझै केही स्थानमा वर्षा र हिमपातको सम्भावना

‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै, अझै केही स्थानमा वर्षा र हिमपातको सम्भावना

बंगालको खाडीबाट उत्पन्न ‘मोन्था’ आँधीको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ। तर अझै पनि देशका केही पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा हुन सक्छ।

अरब सागरमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले केही स्थानमा बदली देखिएको भए पनि, मधेस प्रदेशलगायत देशका अन्य भूभागमा मौसम सफा रहनेछ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारण बदली रहन सक्ने र बाँकी प्रदेशमा मौसम सफा रहने अनुमान गरिएको छ। त्यस्तै राति पनि यी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना विभागले उल्लेख गरेको छ।

मौसम पूर्वानुमान मुख्य बिन्दुहरू:

  • कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
  • हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात
  • मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया सफा

Leave a comment