Join our Channel

मुग्लिन–पोखरा सडक: पूर्वी खण्डको कालोपत्र सकिएपछि स्थानीयमा खुसीयाली

मुग्लिन–पोखरा सडक: पूर्वी खण्डको कालोपत्र सकिएपछि स्थानीयमा खुसीयाली

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि स्थानीयबासी तथा निर्माण पक्षबीच खुसीयाली साटासाट गरिएको छ।

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर दूरीमा चार लेनको सडक निर्माण कार्य अन्तर्गत कालोपत्रको मुख्य काम सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन (CCCC) ले तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा एक अनौपचारिक कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि, परामर्शदाता, प्राविधिक, मजदुरलगायतको उपस्थिति रहेको थियो।

सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्रको मुख्य कार्य सकिएको छ भने अब सडक सुरक्षा, मार्किङ, र अन्य साना कामहरू मात्र बाँकी छन्।

उनले भने, “चार लेनको सडकमा ‘डबल लेयर’ कालोपत्र सकिएको छ, जुन मुख्य उपलब्धि हो। अन्तिम म्याद असार २९ गतेसम्म हो तर काम प्रायः सम्पन्न भइसकेको छ।”

२०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ देखि काम सुरु गरिएको यो आयोजना एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा सञ्चालन भएको हो।

ठेक्का रकम रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रहेको यो खण्डमा ट्राफिकको चाप बढेपछि चार लेनमा विस्तार गरिएको हो।

Leave a comment