Join our Channel

‘सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ विजेतालाई ईभी कार उपहार, नेपाली टिभी इतिहासमै पहिलोपटक’

'सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ विजेतालाई ईभी कार उपहार, नेपाली टिभी इतिहासमै पहिलोपटक'

नेपाली टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ को विजेताले एक नयाँ विद्युतीय कार (EV) पुरस्कारस्वरूप प्राप्त गर्ने भएका छन्। यो कार बीएडब्लु ब्रम्बी मोडलको हो, जुन एलआरआर मोटर्स प्रा. लि. र फर्मुला प्लसबीचको सहकार्यमा प्रदान गरिनेछ।

नेपालको रियालिटी शो इतिहासमै यो पहिलोपटक हो, जहाँ १५ वर्षमुनिको कुनै बाल प्रतिभाले कार जस्ता ठूलो पुरस्कार जित्ने अवसर पाएका छन्। आयोजकका अनुसार यो पुरस्कार बाल प्रतिभाको संगीत यात्रा र उनको मेहनतलाई सम्मान दिने उद्देश्यले प्रदान गरिएको हो।

कार्यक्रमका आयोजकहरूले भनेका छन्, “बालक वा बालिकाको स्वरबाट सिंगो परिवारलाई कारजस्तो ठुलो उपहार दिन सक्नु आफैंमा प्रेरणादायी क्षण हो।” विजेता बालक वा बालिकाले यो कार आफ्ना आमा-बुवालाई उपहारस्वरूप दिनसक्नेछन् भन्ने भावनात्मक पक्ष पनि यस उपहारसँग जोडिएको छ।

एलआरआर मोटर्स का निर्देशक जीवन कुमार शाहीका अनुसार, “हामी केवल व्यापारमै सीमित छैनौं, सामाजिक उत्तरदायित्वमा पनि विश्वास गर्छौं। नेपाली संगीत र बाल प्रतिभामा लगानी गर्नु हाम्रो लक्ष्य हो।”

कार्यक्रम संयोजक सुरक्षा अधिकारीले भनिन्, “बालबालिकाले आफ्नो स्वरको माध्यमबाट आमा-बुवालाई कार उपहार दिनु अत्यन्तै भावनात्मक क्षण हो। एलआरआर मोटर्ससँगको सहकार्यले यस यात्रालाई अझ विशेष बनाएको छ।”

दोस्रो सिजनले गुणस्तरीय प्रस्तुति र बाल प्रतिभालाई प्राथमिकता दिँदै पहिलो सिजनको सफलतालाई निरन्तरता दिएको छ। निर्णायक मण्डलमा दिप श्रेष्ठ, सुवानी मोक्तान र स्वप्न सुमन छन् भने कार्यक्रमको सञ्चालन सुमन कार्कीले गरिरहेका छन्। निर्देशन एलिन श्रेष्ठको रहेको छ।

यो कार्यक्रम नोबडी प्रोडक्सन द्वारा निर्माण गरिएको हो भने, वर्ल्डलिंक शीर्ष प्रायोजकका रूपमा आबद्ध भएको छ।

Leave a comment