Join our Channel

नरक चतुर्दशीमा किन गरिन्छ स्नान र दीपदान ? यसरी बगाइन्छ नरकको पाप

नरक चतुर्दशीमा किन गरिन्छ स्नान र दीपदान ? यसरी बगाइन्छ नरकको पाप

आज देशभर नरक चतुर्दशी पर्व विधिपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन बिहान अरुणोदयकाल अघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गर्ने र यमदीप दक्षिण दिशातर्फ फर्काएर बाली बगाउने धार्मिक परम्परा रहिआएको छ।

यस विधिलाई ‘नरक स्नान’ वा ‘नरक बगाउने’ पनि भनिन्छ। जनविश्वास अनुसार यस दिन बिहानै यमदीप बगाएर स्नान गर्ने व्यक्तिले मृत्युपश्चात् नरकको दर्शन गर्नुपर्दैन

धर्मशास्त्र अनुसार आजको दिनमा गरिने स्नान र दीपदानले पापकर्म नाश भई आत्मा शुद्ध हुने मान्यता छ। त्यसैले आजको दिनलाई ‘नरक चतुर्दशी’ नाम दिइएको हो।

आजै कुकुर तिहार पनि

आज कुकुर तिहार पनि मनाइँदैछ। धर्मग्रन्थअनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी मीठा परिकार खान दिए यमराजका द्वारपाल श्याम र सबलले मृत्यु पछि नरकको बाटो छोडिदिने विश्वास छ।

यस वर्ष तिथिको घटबढका कारण नरक चतुर्दशी र कुकुर तिहार दुबै आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ

आज बेलुकी लक्ष्मीपूजा पनि

आज बेलुकी औंसी तिथि लाग्ने भएकाले धन र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना पनि आजकै रात गरिँदैछ। घर–घरमा दीपावली गरेर देवी लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ किनभने यस समयमा देशभर दीपावली र रौनकता फैलिन्छ।

Leave a comment