Join our Channel

नवलपुरमा जापानिज इन्सेफ्लाइटिस प्रकोप: एकको मृत्यु, ६ जनामा संक्रमण पुष्टि

नवलपुरमा जापानिज इन्सेफ्लाइटिस प्रकोप: एकको मृत्यु, ६ जनामा संक्रमण पुष्टि

पूर्वी नवलपरासी (नवलपुर) मा जापानिज इन्सेफ्लाइटिस संक्रमण बढ्दै गएको छ। मध्यबिन्दु नगरपालिकाका ५२ वर्षीय एक पुरुषको उपचारका क्रममा भरतपुर सीएमसी अस्पतालमा मृत्यु भएको छ भने ६ जनामा रोगको संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले जनाएको छ।

जनस्वास्थ्य अधिकृत शैलेन्द्र कुमार सिंहका अनुसार कावासोती नगरपालिकामा ३ जना, मध्यबिन्दु नगरपालिकामा २ जना र देवचुली नगरपालिकामा १ जनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण देखिएको छ।

संक्रमण बढ्दै गएपछि प्रदेश जनस्वास्थ्य कार्यालयले स्थानीयबासीलाई सजग रहन र यस रोगबारे जनचेतना जगाउन आग्रह गरेको छ। साथै, जिल्लाका सञ्चारमाध्यमलाई सचेतनामूलक सामग्री प्रसारण गरी जनतालाई जानकारी दिन पनि अनुरोध गरिएको छ।

Leave a comment