Join our Channel

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीमा प्रहरीमा उजुरी दर्ता गर्‍यो

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीमा प्रहरीमा उजुरी दर्ता गर्‍यो

काठमाडौको लैनचौरस्थित एनसेल आइकन मुख्य कार्यालयमा २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले तोडफोड, आगजनी र डकैती गरेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गराएको छ।

उजुरीमा प्रहरीसँग अनुरोध गरिएको छ कि घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाइयोस्।

एनसेलको माग र विवरण

  • चोरिएका सामान फिर्ता दिलाउन आग्रह।
  • आगजनीबाट क्षति भएको सम्पत्ति क्षतिपूर्ति दिलाउने।
  • कार्यालयको दस वटै तलामा रहेका बहुमूल्य विद्युतीय समान जस्तै: कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन।
  • कार्यालय परिसरमा रहेको महँगा गाडी समेत आगोले क्षतिग्रस्त।

एनसेलले घटनामा कैद भएका सम्पूर्ण सीसीटीभी फुटेज प्रहरीलाई उपलब्ध गराएको छ।

Leave a comment