
बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार रुपैयाँ घुससहित एक सशस्त्र प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगावामा अवस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टमा कार्यरत जवान याम बहादुर खत्रीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार जवान खत्रीले सीमा पारी भारतबाट भन्सार छली अवैध रूपमा कपडा र किराना सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेका थिए।
पक्राउ परेका खत्रीमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।