Join our Channel

नाइमा मोबिलिटी एक्स्पोमा तीन दिनमै ४८ हजार अवलोकनकर्ता, नयाँ मोडल र विशेष अफरले ताने ध्यान

नाइमा मोबिलिटी एक्स्पोमा तीन दिनमै ४८ हजार अवलोकनकर्ता, नयाँ मोडल र विशेष अफरले ताने ध्यान

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’मा तीन दिनमै ४७ हजार ५ सयभन्दा बढी अवलोकनकर्ता पुगेका छन्। शुक्रबार मात्र १९ हजार ५ सय जनाले एक्स्पोको अवलोकन गरेका छन् भने बुधबार १५ हजार र बिहीबार १३ हजार जनाले भ्रमण गरेका थिए।

नाइमाका मिडिया एन्ड मार्केटिङ कन्सल्टेन्ट प्रतीक अर्यालका अनुसार बिहीबारदेखि कार्यालय बन्दपछि आउने ग्राहकलाई लक्षित गर्दै समय बिहान ११ बजेदेखि राति ८ बजेसम्म विस्तार गरिएकोले अवलोकनकर्ता संख्या बढेको हो। पाँच दिनसम्म चल्ने यस प्रदर्शनीमा ८० हजार दर्शक पुग्ने अपेक्षा गरिएको छ।

नयाँ मोडल र अफरको भीड

एक्स्पोको पहिलो दिन धेरै कम्पनीहरूले नयाँ मोडल सार्वजनिक गरे भने दोस्रो दिनदेखि विभिन्न अफर घोषणा गरिएको छ। अधिकांश अफर आगामी दसैं–तिहारसम्म लागू हुनेछन्।

  • किया नेपालले ‘किया फेस्टिभ ड्राइभ’ अभियानअन्तर्गत अधिकतम १० लाख रुपैयाँसम्मको नगद फिर्ता, एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सीमित समयका लागि विशेष चाडपर्व छुटको घोषणा गरेको छ।
  • अल्ट्राभायोलेट एफ७७ म्याक २ रिकन मोटरसाइकल पहिलो पटक नेपाल भित्रिएको छ, जसमा ३० किलोवाटको ब्याट्री, अधिकतम १५५ किमी प्रतिघण्टा गति र ८ वर्षसम्मको ब्याट्री ग्यारेन्टी उपलब्ध छ।
  • बीवाईडी सिगल (एट्टो–१) मा अवलोकनकर्ताको उच्च आकर्षण देखिएको छ।
  • एमजी मोटर्सले ४ लाख रुपैयाँसम्मको छुट, निःशुल्क इन्स्योरेन्स, र निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर उपलब्ध गराइरहेको छ।

नाइमाले शुक्रबार ‘सडक सुरक्षा र पूर्वाधार: गतिशीलता’ विषयमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो। आयोजकको दाबी अनुसार एक्स्पोले नेपाली ग्राहकलाई स्मार्ट र ग्रिन मोबिलिटीतर्फ आकर्षित गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

Leave a comment