Join our Channel

मकवानपुरमा लागुऔषधसहित चार जना युवा पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार जना युवा पक्राउ

मकवानपुर प्रहरीले लागुऔषधको कारोबार र ओसारपसार गरेको आरोपमा हेटौंडाका विभिन्न स्थानबाट चार जना युवालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनाबाट खैरो हेरोइन र दुई जनाबाट ओनरेक्स बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडाबाट ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित उदयपुरगढी गाउँपालिका–१ घर भई त्यही कमलडाँडामा बस्दै आएका २४ वर्षीय दिलबहादुर सार्की र हेटौंडा–१, चौकीटोलका २४ वर्षीय कुमार लो पक्राउ परेका हुन्।

यस्तै, हेटौंडा उपमहानगरपालिका–१०, सिमाचोकस्थित पार्किङमा ना २३ प ६८३७ नम्बरको मोटरसाइकलमा बसिरहेका ३० वर्षीय विशाल पौडेल (नवलपुर, वडा ११) र २९ वर्षीय पाल्डुव लामा (पदमपोखरी, वडा १२) को साथबाट १०० एमएल क्षमताका १५ बोत्तल ओनरेक्स बरामद गरिएको छ।

प्रहरीले मकवानपुर जिल्ला अदालतको अनुमति लिएर चारै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ।

Leave a comment