Join our Channel

अस्ट्रेलियामा भीषण दुर्घटना: एउटै परिवारका ३ नेपालीको घटनास्थलमै मृत्यु

अस्ट्रेलियामा भीषण दुर्घटना: एउटै परिवारका ३ नेपालीको घटनास्थलमै मृत्यु

अस्ट्रेलियाको भिक्टोरिया राज्यको ग्रामीण क्षेत्रमा भएको एक भीषण सवारी दुर्घटनामा एउटै नेपाली परिवारका तीन जनाको मृत्यु भएको छ। मृतकमध्ये एक तीन वर्षीय सानो बच्चा समेत रहेका छन्। स्थानीय प्रहरीले उनीहरू नेपाली मूलका भएको पुष्टि गरेको छ।

दुर्घटना मेलबर्नबाट केही टाढा, बलाराटको पश्चिम दिशामा रहेको युरामबिन–स्त्रिथम रोड र माउन्ट विलियम रोडको चौराहा नजिक दुई दिनअघि भएको थियो।

प्रहरीका अनुसार, जिलोङमा बस्दै आएका चार सदस्यीय परिवार सवार कारले स्टप साइन नदेखेर वा नरोकी ट्रक गुडिरहेको दिशातर्फ प्रवेश गर्दा दुर्घटना भएको हो।

ट्रकले कारलाई टी–आकारमा ठोक्काएपछि कार धेरै पटक घुमेर यात्रु पक्षतिर पल्टिएको बताइएको छ। दुर्घटनामा ४१ वर्षका पुरुष चालक, उनकी ३१ वर्षीया श्रीमती र तीन वर्षका छोरा घटनास्थलमै मृत्यु भएका थिए।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाइरहेका छन्।

Leave a comment